घुम्ती शिविरमार्फत सरकारी सेवा


रामेछाप – उमाकुण्ड गाउँपालिकाले घुम्ती शिविरमार्फत नागरिकलाई सरकारी सेवा दिने अभियान सुरु गरेको छ । नागरिकको सहजताका लागि एकीकृत घुम्ति शिविरमार्फत सेवा प्रवाह गरेको हो।

एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले सबै वडावासीलाई सरकारी सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए । उनका अनुसार वडास्तरमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य परीक्षणलगायतका कामसमेत गरिएको छ।

बिहीबारबाट गाउँपालिकाको वडा नं ७ भुजीबाट सुरु गरिएको अभियान प्रत्येक वडाको केन्द्रमा सञ्चालन हुनेछ । अभियानको पहिलो दिन वडा नं ७ भुजीमा २२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन् ।

सात जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र र दुई जनाले ‘ग’ वर्गको परिचयपत्र ११ जनाले ज्येष्ठ नागरिक परिचयपत्र बनाएका छन् । शिविरमा २५ जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ । शिविरमा १२ योजना सम्झौता भएको छ । १६ वटा नयाँ व्यवसाय दर्ता, तीन वटा व्यवसाय नवीकरण र ११ इजाजतपत्र प्रदान गरिएको छ।

प्रतिक्रिया