
चोलेन्द्रसँग आज पुरक प्रश्न सोधेर बयान लिइने
काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणासँग शुक्रबार आज पूरक प्रश्न सोधिँदै छ। महाअभियोग सिफारिस समितिले चोलेन्द्रलाई पुरक प्रश्न सोध्न बिहान ९ बजे बोलाएको हो ।
समितिले बयानका क्रममा चोलेन्द्रले आरोपित गरेका नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष, अध्यक्ष एवम् कानुन व्यवसायीहरुसँग बिहीबार बयान लिएको थियो ।
समितिले बोलाएका बहालवाला न्यायाधीश र पुर्वप्रधानन्यायाधीश भने समितिमा अनुपस्थित रहेका थिए । उनीहरुले आफूहरु समितिमा नजाने निर्णय गर्दै त्यसको जानकारी समितिलाई गराएका थिए। बारका पदाधिकारीलगायतले चोलेन्द्रविरुद्ध गरेका प्रश्नको जवाफ आज चोलेन्द्रले दिनेछन्।



कागजपत्र |
