देशभर थप १७९ मा कोरोना पुष्टी, १ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९५९ जनामा परीक्षण गर्दा १ सय ७९ जनामा संक्रमण देखिएको हो।

२ हजार ६०० पीसीआर परीक्षण गरिएकोमध्ये १२७ जनामा र २ हजार ३५९ एन्टीजेन परीक्षण गरिएकोमा ५२ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा १७१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७१ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म १२ हजार १५ जना संक्रमितको नेपालमा मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया