भैरहवाबाट उडान गर्नेगरी नयाँ हेलिकप्टर कम्पनी दर्ता


भैरहवा – भैरहवा विमानस्थल क्षेत्रलाई आधार बनाएर सेवा दिनेगरी नयाँ हेलिकप्टर कम्पनी दर्ता भएको छ। त्रिलोक हेलिकप्टर नामको उक्त कम्पनीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सेवा सञ्चालनको लागि लाइसेन्स प्राप्त गरेको हो ।

कम्पनीले भैरहवालाई आधार बनाएर उडान गर्ने उल्लेख गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन् । सुरुमा दुईवटा हेलिकप्टर ल्याएर सेवा सञ्‍चालन गर्ने योजना बनाएको कम्पनीले उडान सञ्‍चालन अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया अघि बढाएको छ।

निर्माण व्यवसायमा संलग्न अनिल गौतमले रोयल त्रिलोक एयरलाइन्स सञ्चालन गर्न लागेका हुन् । कोरोना अघि हेलिकप्टरको व्यापार राम्रो भएपनि पछिल्लो समय भने खुम्चिएको छ। करिब दर्जन सेवाप्रदायकले अहिले नै सेवा दिइरहेको नेपाली बजारमा नयाँ कम्पनी दर्ता भएको हो।

हेलिकप्टर सञ्चालक गौतम विराटनगर निवासी हुन् । योसँगै नेपालमा हेलिकप्टर कम्पनीको संख्या १३ वटा पुगेको छ ।

प्रतिक्रिया