

लोकतन्त्रको हितका लागि गठबन्धन : गृहमन्त्री खाण

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खानले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिए ।
नेपाली कांग्रेस चितवनद्वारा आज यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनसबैलाई रुचिकार नहुन सक्ने बताउदै लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेको बताए । उनले भने, ‘कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।’ उनले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको छ भने ।
वीपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उनको भनाइ थियो । विश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतमबुद्ध जन्मिएको देश र वीपीको जन्मभूमि भनेर चिन्ने गरेको उनको भनाइ छ । कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने भएकाले सोहीअनुरुप परिचालन हुन अनुरोध गरे ।
कार्यक्रममा अर्का कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिए । सो अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पु¥याउने जीवित र मरणोपरान्त गरी एक सय ५० लाई सम्मान गरिएको थियो ।

