प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले आज देशभरका ६७४३ वडाहरुमा प्रदर्शन गर्दै


काठमाडौं – नेपाली काँग्रेसले आज देशभरका सबै वडामा प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित रहेको काँग्रेसले देशका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्न थालेको हो ।

विरोध सभामा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाले अपिल गरेका छन्। संविधानमा भएको व्यवस्था प्रतिकुलका कार्यमा काँग्रेस एकमत रहेको उल्लेख गर्दै देउवाले असंवैधानिक कदमविरुद्ध एक्यवद्धता प्रकट गर्नसमेत अपिल गरेका छन्। यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको थियो ।

पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध गरिएको थियो । आज हुने वडा स्तरीय प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैलाई अपील गरेका छन् ।

प्रतिक्रिया