राष्ट्रिय सभाका ४ समिति सभापतिहरू सर्वसम्मत


काठमाडौं – राष्ट्रिय सभाअन्तर्गत चारवटा विषयगत समितिमा चारजनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू सर्वसम्मत निर्वाचित हुनेछन् ।

जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ,  विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका थिए ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।

अन्य उम्मेदवारको उम्मेदवारी नपरेपछि उनीहरूनै सर्वसम्मति सभापति हुने भएका छन् । उनीहरूको उम्मेदवारीका बारेमा भोली (बिहीबार) दिउँसो १ बजे समितिकै बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

 

Avatar

प्रतिक्रिया