
यी हुन् नेपालका १० उत्कृष्ट निजामति कर्मचारी (सूचीसहित)
काठमाडौं – निजामती सेवा दिवस २०७९ को अवसरमा नेपाल सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट कर्मचारीहरूलाई सम्मानित गरेको छ ।
निजामति दिवसका सरकारले हरेक वर्ष उत्कृष्ट कर्मचारीहरू छनोट गर्दै पुरस्कृत गर्ने गरेको छ । भदौ २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार सो पुरस्कार वितरण गरेको हो ।
उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव मुना शर्मा र पाख्रीवास नागरपालिका धनकुटाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल रहेका छन् ।
त्यस्तै, गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सन्तोष पौडेल, पर्यटन मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादव, लोकसेवा आयोगकी शाखा अधिकृत रुकु शर्मा पौडेल र कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका सह-लेखापाल महँगु लोधले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कृत कर्मचारीहरूको सूचीः





कागजपत्र |
