पाल्पामा करेन्ट लागेर एकजनाको मृत्यु


पाल्पा – पाल्पामा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खोटाङ जिल्लाको जन्तेढुंगा गापा(३ का ३४ वर्षीय महेश राई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

तानसेन नगरपालिका-३ सिल्खानटोल निवासी झवीन्द्र देवकोटाको घर बनाउने क्रममा उनी आज बिहान साढे ८ बजे करेन्ट लागेर घाइते भएका थिए।

गम्भीर घाइते राईको तानसेनस्थित युनाइटेड मिसन अस्पताल उपचारका क्रममा मृत्यु भएको हो।मजदुरी गर्दै आएका उनी तानसेन-१ गैरागाउँ बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया