नेप्से परिसुचक २१.२२ अंकले घट्यो


काठमाडौं – मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ ।

यससँगै नेप्से परिसूचक १९५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो ।

आज २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

प्रतिक्रिया