

उच्च अदालत दिपायलका रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनले बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन थालेको थियो ।
अख्तियारको छानबिनबाट कटवालले आफ्नो पदीय दुरुपयोग गरी बिभिन्न शीर्षकमा बिनियोजित बजेट अनुसार गर्नुपर्ने खर्च शिर्षकमा नक्कली विल बनाई नक्कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको खुल्न आएको आयोगका प्रवक्ता
श्याम प्रसाद भण्डारीले जनाएको छ ।
सोही अनुसार अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

