४० हजार घुससहित लगनखेल मालपोतका कर्मचारीसहित २ पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतमा कार्यरत २ कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानका अनुसार लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई चालीस हजार घुससहित पक्राउ गरिएको हो ।

उनीहरुलाई सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु मन्दिप कुमार श्रेष्ठ र रमेशलाल श्रेष्ठलाई सेवाग्राहीबाट रु। ४०,०००।– (अक्षरुपी चालीस हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर म.न.पा. वडा नं. १२, लगनखेल स्थित बसपार्क नजिकबाट पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धान कार्य जारी रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया