

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका राज्यमन्त्री चौधरीले पार्टी छाडेर एमालेमा प्रवेश गर्ने सूचना पाएपछि मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् ।
पार्टी प्रवेशका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आए पछि एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
त्यस क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

