कांग्रेस महामन्त्री गगन थापा कास्की-१ बाट उठ्ने !


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कास्की-१ बाट उठ्ने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन लड्न महामन्त्री थापाले कास्की-१का लागि निवेदन परेको छ।

थापाले कास्की-१बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्न कास्की कांग्रेस सचिव भानु ढकालमार्फत निवेदन दिएका हुन्। गगन थापा काठमाडौँ-४बाट निर्वाचित सांसद हुन्।

यसैबीच बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा पनि उम्‍मेदवार बन्‍न आवेदन दिएका हुन् । यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।

 

प्रतिक्रिया