झापाको बाह्रदशीमा हात्तीको आक्रमणबाट अधिकारीको मृत्यु


झापा – झापाको बाह्रदशी गाउँपालिका–१ का ८० वर्षीय देवीबहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

तिजको दिन मंगलबार बिहान १० बजे मनकामना सामुदायिक वनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएका अधिकारीलाई उपचारको लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया