ज्ञानेन्द्र शाहका सबै कार्यक्रम स्थगित हुनुको कारण


काठमाडौं– तत्कालिन राजा ज्ञानेन्द्र शाहले व्यवस्थाबाट बिमुख भए पनि आफ्ना शुभेच्छुक र समर्थकलाई कायम राखेको दशैंमा टिका लगाउने प्रचलनलाई यस पटक भने स्थागित गरेका छन् ।

यति मात्र होइन, उनले यहि मौकामा देशका विभिन्न शक्ति पिठमा पुगी पुजाआजा गर्ने प्रचलनलाई पनि कायम राखेका थिए । पूर्व राष्ट्र प्रमुखका हैसियतमा उनको कार्यक्रम तय हुने गरेको थियो ।

तर निर्मलनिवासको इच्छानुसार यस बर्ष ति कुनै पनि कार्यक्रम नहुने सार्वजनिक गरिएको छ । सञ्चार सहयोगी समेत रहेका डा. फणि पाठकले विज्ञप्ति जारी गरी यस्ता कुनै पनि कार्यक्रम यस बर्ष नहुने स्पष्ट पारेका छन् ।

मुलुकमा र खासगरी काठमाडौंमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको तिव्रतालाई ख्याल गरी निर्मल निवास यस्तो निर्णयमा पुगेको बताइन्छ । निर्मलनिवास स्रोतका अनुसार अहिले जनताको सुरक्षाको विषय प्रमुख रहेको तथा सबै स्वस्थ्य भई बाँच्नु नै प्राथमिक अधिकार भएकाले हरेक बर्ष हुँदै आएका कार्यक्रमलाई स्थगित गरिएको हो ।

तर यो कार्यक्रम अवस्था अनुकुल भएमा अर्को बर्षदेखि निरन्तर जारी रहनेछ ।

प्रतिक्रिया