पाकिस्तानमा एक दशक यताकै ठूलो वर्षा


इस्लामबाद- एक दशक यताकै बढी पानी परेपछि पाकिस्तानको एक तिहाइ भूभाग ऐतिहासिक बाढीबाट पूरै डुबेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन् ।

विनाशकारी बाढीले सडक, घर र बालीहरू बगाएको छ । ‘यो सबै एउटै ठूलो महासागर हो, पानी बाहिर निकाल्न कुनै सुख्खा जमिन छैन’ जलवायुमन्त्री सेरी रहमानले भनिन् । जुनमा मनसुन सिजन सुरु भएयता कम्तीमा एक हजार १३६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

ग्रीष्मकालीन वर्षा एक दशकमा सबैभन्दा ठूलो रेकर्ड गरिएको छ र सरकारले जलवायु परिवर्तनलाई दोष दिएको छ । ‘ पाकिस्तानको एक तिहाइ भूमि अहिले पानीमुनि छ, जुन हामीले विगतमा देखेका हरेक सीमाना, हरेक मापदण्ड नाघेको छ’ रहमानले भनिन् ।

 

प्रतिक्रिया