दिल्लीका उपराज्यपालसँग मुख्यमन्त्री केजरीवालको टकराव


काठमाडाैं – भारतको दिल्लीका उपराज्यपाल वीके सक्सेनासँग मुख्यमन्त्री अरविन्द केजरीवालको टकराव बाहिरिएको छ । उपराज्यपाल सक्सेनाले मुख्यमन्त्री केजरीवाललाई पत्र लेख्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्यालयबाट आउने प्रस्तावमा मुख्यमन्त्री केजरीवालको हस्ताक्षरसम्म नहुने गरेको असन्तुष्टि पत्रमा व्यक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘मुख्यमन्त्रीको हस्ताक्षर विना प्रस्ताव आउनु सही होइन । कुनै पनि प्रस्ताव पठाउनुअघि मुख्यमन्त्रीले हस्ताक्षर भए/नभएको सुनिश्चित गर्नुपर्छ,’ सक्सेनाले लेखेका छन्, ‘सरकारबाट आउने प्रस्तावमा कर्मचारी वा अधिकारीको हस्ताक्षर भएर पुग्दैन ।’

मुख्यमन्त्रीको हस्ताक्षर विना आउने प्रस्तावलाई मुख्यमन्त्रीले हेरे कि हेरेनन् भनेर यकिन नहुने सक्सेनाको तर्क छ । उपराज्यपाल सक्सेना र मुख्यमन्त्री केजरीवालबीच यसअघि पनि पटक–पटक टकराव हुँदै आएको छ ।

प्रतिक्रिया