

कांग्रेसले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि
निर्वाचन लक्षित अभियानमा बहालवाला र पूर्वपदाधिकारी परेनन्

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।
कांग्रेसले यही भदौ १० बाट देशभर सञ्चालन सो अभियानका लागि मंगलबार ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरुलाई केन्द्रीय प्रतिनिधि तोकेको हो ।
पार्टी नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनका कारण केही दिन पछि सरेको सो अभियान सफल बनाउन पार्टीले केन्द्रीय सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मोरङ र नेविसंघ पूर्वअध्यक्ष तथा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई काश्की जिल्लामा प्रतिनिधि खटाइएको छ ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य जितजंग बस्नेतलाई काठमाडौं, महिला संघकी पूर्वअध्यक्ष अम्बिका बस्नेतलाई भक्तपुर, पूर्वमन्त्री शंकर भण्डारीलाई लमजुङ, र पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको हो ।
पार्टीले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई भने प्रतिनिधि बनाएको छैन । नेपाली कांग्रेसमा हाल एक सय ५८ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरु छन् ।
पार्टीले खटाएका प्रतिनिधिहरुलाई आगामी प्रदेश र संघीय निर्वाचनमा पार्टीको अवस्था र सम्भावनाको वस्तुगत स्थिति र चुनावमा पार्टीको अवस्थाको विषयमा लिखित प्रतिबेदन बुझाउनु पर्ने जिम्मेवारी दिइएको छ ।
कुन नेतालाई कहाँ खटाइयो ? हेर्नूस सूची
ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा
पाँचथर : प्रदीपकुमार सुनुवार
इलाम : महेन्द्रकुमारी लिम्बु
झापा : डिला संग्रौला
संखुवासभा : उमेशजंग रायमाझी
तेह्रथुम : लक्ष्मी परियार
भोजपुर : भीम पराजुली
धनकुटा : राजीव ढुंगाना
मोरङ : ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी : अमृत अर्याल
सोलुखुम्बु : कल्पना चौधरी
खोटाङ : तारामान गुरुङ
ओखलढुंगा : लक्ष्मी खतिवडा
उदयपुर : बलबहादुर केसी
सप्तरी : आनन्दप्रसाद ढुंगाना
सिरहा : महेन्द्रकुमार राय
धनुषा : नगिना यादव
महोत्तरी : मञ्जु खाँण
सर्लाही : दिनेशकुमार यादव
रौतहट : अजयकुमार चौरासिया
बारा : रमेश रिजाल
पर्सा : पद्मनारायण चौधरी
दोलखा : शान्ति परियार
रामेछाप : हरिशरण नेपाली
सिन्धुली : दिलमान पाख्रिन
रसुवा : राजेन्द्र केसी
धादिङ : मदनकृष्ण श्रेष्ठ
नुवाकोट : मदनबहादुर अमात्य
सिन्धुपाल्चोक : बहादुरसिंह लामा
काभ्रे : रमा कोइराला
चितवन : श्यामकुमार घिमिरे
मकवानपुर : उमेश श्रेष्ठ
भक्तपुर : अम्बिका बस्नेत
ललितपुर : नानु बास्तोला
काठमाडौं : जीतजंग बस्नेत
गोरखा : ध्रुव वाग्ले
लम्जुङ : शंकर भण्डारी
तनहुँ : सुरेन्द्रराज पाण्डे
कास्की : प्रदीप पौडेल
मनाङ : गुरु बराल
मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत : चम्पादेवी खड्का
स्याङजा : चिनकाजी श्रेष्ठ
म्यादी : दिनेश कोइराला
बाग्लुङ : अब्दुल सतार
नवपुर : सरस्वती अर्याल
नवलपरासी : मानबहादुर नेपाली
रुपन्देही : योगेन्द्र चौधरी
कपिलवस्तु : चन्द्रबहादुर केसी
पाल्पा :अब्दुल रञ्जाक
अर्घाखाँची : गोविन्दराज पोखरेल
गुल्मी : देवेन्द्रराज कँडेल
रुकुम पुर्व : धना खतिवडा
रोल्पा : मैकुलाल बाल्मीकी
प्युठान : जावेदा खातुन जागा
दाङ : गोपाल दहित
बाँके : दिपक गिरी
बर्दिया : गेहेन्द्र गिरी
रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे
सल्यान : सीता देवकोटा
जुम्ला : रंगमति शाही
मुगु : कान्तिका सेजुवाल
कालिकोट : जानकी सिंह
जाजरकोट : सिताकुमारी राना
दैलेख : राजीवविक्रम शाह
सुर्खेत : सञ्जयकुमार गौतम
बाजुरा : अर्जुनजंगबहादुर सिंह
बझाङ : गोविन्दबहादुर शाह
डोटी : नृपबहादुर वड
अछाम : रणबहादुर रावल
दार्चुला : यज्ञराज जोशी
बैतडी : रमेश लेखक
डडेलधुरा : ईश्वरी न्यौपाने
कञ्चनपुर : रामजनम चौधरी
कैलाली : एनपी साउद

