मरेको मान्छेलाई ब्युँत्याएको भ्रम फैलाएको आरोपमा एक जना पक्राउ


काठमाडौं –  मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

सोमबार बिहान चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताए । यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो भनिएको जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया