स्व. नेता गिरिप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न केपी ओली आर्यघाटमा


काठमाडौं – नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।

उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रदाञ्जली अर्पण गरे ।

शनिबारराति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।

उनी लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित थिए ।

 

प्रतिक्रिया