
सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै
काठमाडौँ- आगामी निर्वाचनमा सिट बाँडफाँटलगायतबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुक्रबार पुनः बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकमा तालमेलको मोडालिटी र सिट बाँडफाँटको विषयमा छलफल हुनेछ। यस्तै कार्यदलमा भएको प्रगतिका विषयमा पनि समीक्षा हुनेछ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलको बुधबार बैठक बसेको थियो। कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने र सिट बाँडफाँट गर्ने बारेमा सहमति जुटाउन सकेको छैन।



कागजपत्र |
