


वाईसीएलको राष्ट्रिय भेला आजबाट, ६०० प्रतिनिधि सहभागी हुने

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)नेपालको दोस्रो राष्ट्रिय भेला आजकाट सुरु हुँदै छ।
‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आजदेखि भेला सुरु हुन लागेको हो।
भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।
भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ ।
बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने संयोजक देवकोटाले बताए ।
भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् । जसमा केन्द्रीय समितिबाट १९६, प्रत्येक जिल्लाबाट तीनतीन जना गरी २५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी हुनेछन् ।

