


बालकुमारीमा जसपाको राजनीतिक समिति बैठक जारी

काठमाडौं – सत्ता साझेदार दल जसपाको राजनीतिक समितिको बैठक बसीरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल जारी छ ।
त्यस्तै, बैठकमा संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

