दोव्वरले बढ्याे बजेट घाटा, चालु खातामा ६ खर्ब २३ अर्ब रुपैयाँ बढी


काठमाडाैं – गएको आर्थिक वर्ष २०७८/०७९ मा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो वर्ष चालु खाता तीन खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको चालु खाता गएको वर्ष पाँच अर्ब १७ करोड रुपैयाँले घाटामा रहेको छ । यस्तै प्रत्यक्ष वैदेशिक लगानी झन्डै ५ प्रतिशतले घटेर १८ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ ।

गएको वर्ष शोधनान्तर स्थिति दुई अर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । यस्तै २०७८ को असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव १ प्रतिशतले कमी आइ यो वर्षको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा यो वर्षको असार मसान्तमा १८ दशमलव ९ प्रतिशतले कमी आइ नाै अर्ब ५४ करोड कायम भएको छ ।

प्रतिक्रिया