रियल मड्रिडले जित्यो सुपर कपको उपाधि


काठमाडौँ-  यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो।

रियलको जितमा करिम बेन्जेमाले आफ्नो करियरको ३२४औं गोल गरे। यसैगरी डेभिड अलाबाले गोल गरे। बेन्जेमाको मद्दतामा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

यसैबीच बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल गरेका छन्। ३४ वर्षीय बेन्जेमा क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। उनले याृे सिजन ४६ खेलमा ४४ गोल गरेका छन्।

प्रतिक्रिया