करोड बढीको अवैध सुन चोरेको आरोपमा समातिएका व्यवसायी लामिछाने १० हजार धराैटीमा छुटे


काठमाडौँ। भारतबाट करोड भन्दा धेरै मूल्यको सुन चोरीको आरोपमा पक्राउ परेका धनगढीका सुन व्यवसायी सन्तोष लामिछानेसहित ६ जना धरौटीमा छुटेका छन् । प्रहरीका अनुसार उनीहरू १०/१० हजार धरौटी बुझाएर छुटेका हुन् ।

लामिछाने नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पनि हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले लामिछानेसहितका ६ जना धराैटीमा छुटेकाे र यसबारे आज विज्ञप्ति जारी गरेर थप जानकारी दिइने बताए ।

सुन व्यवसायी लामिछानेलाई प्रहरीले यही साउन १८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मुम्बई जाने क्रममा पक्राउ गरेको थियो । उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीकाे दाबी छ । सुन चोरीमै संलग्न भनिएका अन्य पाँच जनाको परिचय प्रहरीले अझै खुलाएको छैन ।

प्रतिक्रिया