देशभर थपिए ९३४ नयाँ संक्रमित, थप १ जनाको मृत्यु


काठमाडौं – देशभर थप ९३४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गत २४ घन्टामा गरिएका ५३५१ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४७० जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ११ हजार ९ सय ७२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ३२ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

देशभर अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ५ हजार ५८५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

No photo description available.

 

प्रतिक्रिया