बैतडीको सुर्नयामा एक पुरूष मृत फेला


बैतडी – बैतडीको सुर्नयामा एक पुरूष मृत फेला परेका छन्। सुर्नया गाउँपालिका–७ का ३७ वर्षीय रघुवीर कुवँर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सुर्नयाको गोराखला टोल घर भएका उनी घराड भन्ने ठाउँमा मृत भेटिएको प्रहरीको भनाइ छ। पारिवारिक स्रोतका अनुसार उनी बिहीवार दिउँसो घर चाहिने सामान किन्नका लागि स्थानीय चौथाली बजार गएका थिए।

कुँवरका पत्नी, दुई छोरा र दुई छोरी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

प्रतिक्रिया