श्रीलंकाविरुद्धको पहिलो टेस्टमा इङल्याण्डको जित


काठमाडौँ – इङल्याण्डले श्रीलंकाविरुद्धको पहिलो टेस्ट जितेको छ । श्रीलंकाले दिएको केबल ७४ रनको लक्ष्य पछाएको इङल्याण्डले टेस्टको पाँचौ दिन सोमबार ७ विकेटले खेल जितेको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले पहिलो इनिंगमा केबल १३५ रन बनाएर अल आउट भएको थियो भने इङल्याण्डले कप्तान जो रुटको २२८ रनको मद्दतले ४२१ रन बनाएको थियो ।

पहिलो इनिंगमा २८६ रनले पछि परेको श्रीलंकाले दोस्रो इनिंगमा लहिरु थिरिमानेको १११ रनको शतकीय पारीको मद्दतले ३५९ रन बनाएको थियो । यसरी इङल्याण्डले ७४ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि श्रीलंका टूरमा आएको इङल्याण्ड २ खेलको टेस्ट सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल २२ जनवरीदेखि शुरु हुने छ ।

एजेन्सी

प्रतिक्रिया