कृषि कानुनको विरोध : गणतन्त्र दिवसमा ट्याक्टर जुलुसको त्रास


काठमाडौं – भारतको केन्द्र सरकारले ल्याएका ३ कृषि कानुनको विरोधमा भारतका किसानहरू २ महिनादेखि आन्दोलनका छन् । किसानहरूले दिल्ली प्रवेश गर्ने नाकाहरुमा धर्ना र प्रदर्शन गरिरहेका छन् ।

किसान संगठनका नेताहरुले आफ्ना मागहरु पूरा नभए भारतको गणतन्त्र दिवस २६ जनवरीमा दिल्लीमा ट्याक्टर जुलुस निकाल्ने घोषणा गरेका छन् । उनीहरुको यस्तो निर्णय रोक्नका लागि दिल्ली प्रहरीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

किसानको ट्याक्टर जुलुस रोक्न माग गर्दै परेको रिट उपर आज त्यहाँको सर्वोच्च अदालतले फैसला गर्दैछ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार गणतन्त्र दिवसका दिन यसरी प्रदर्शन गर्दा विश्वसामु भारतको बेइज्जत हुने दावी रिट निवेदनमा दिल्ली प्रहरीले गरेको छ।

देशको महत्वपूर्ण दिनमा जुलुस निकालेर बाधा पु¥याउने काम देशको अपमान गरेको ठहर्ने दावी प्रहरीले गरेको छ । किसानको आन्दोलनले गणतन्त्र दिवसका परेडमा बाधा पुग्ने, विश्वसामु भारतको बेइज्जत हुने भएकाले त्यसलाई रोक्न आदेश जारी गर्न अदालतसमक्ष माग गरिएको छ।

किसान नेताहरुले भने दिल्लीको बाहिर रिङ रोडमा ट्याक्टर जुलुस प्रदर्शन गर्ने र गणतन्त्र दिवसको कार्यक्रममा त्यसले कुनै असर नपर्ने दावी गर्दै आएको छ ।
एजेन्सी

प्रतिक्रिया