

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं – झापा जिल्लाको मेचीनगर नगरपालिका २ सगरमाथा चोकबाट माघ ४ गते एपीएफ टोलीले करीव एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको हार्डवयर तथा किराना सामान र पानी तान्ने मोटर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले माघ ४ गते करीव एक लाख चार हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ बेल्ही स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।

