दुर्घटनामा घाइते दुईको उपचारका क्रममा मृत्यु


प्युठान- शनिबार दिउँसो स्वर्गद्वारीबाट फर्किंदै गरेको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

बुटवलमा उपचाररत रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं ४ निवासी ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नं ३ निवासी ७० वर्षीया पटवारी कुहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

लु ३ च ३५३ नम्बरको जिप दुर्घटनामा मायादेवी गाउँपालिका वडा नं ३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया