जर्मनीलाई हराउँदै पहिलोपटक इंग्ल्याण्डले जित्यो महिला युरोकप


काठमाडौँ- इंग्ल्याण्डले पहिलोपटक महिला युरोपेली च्याम्पियन्सिपको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा जर्मनीलाई २–१ गोलले पाखा लगाउँदै इंग्ल्याण्डले उपाधिमा कब्जा जमाएको हो।

आइतबारको फाइनल खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी एल्ला टूनेले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ७९ औं मिनेटमा जर्मनीकी लिना मगुलले बराबरी गोल फर्काइन्।

निर्धारित ९० मिनेटमा स्पष्ट नतिजा आउन नसकेपछि अतिरिक्त समयतर्फ अघि बढेको खेलको ११० औं मिनेटमा इंग्ल्याण्डको लागि क्लोए केल्लीले निर्णायक गोल गरिन्। इंग्ल्याण्डको महिला फुटबल टोलीको लागि यो पहिलो प्रमुख उपाधि हो।

प्रतिक्रिया