झापामा अति भारी वर्षा, बाढीको उच्च जोखिम सतर्कता अपनाउन आग्रह


काठमाडौं- झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा गएरातिदेखि अति भारी वर्षा भएको छ।

मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया