करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु


झापा – भद्रपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-७ निवासी भोटलाल गणेश राजवंशी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बिहीबार दिउँसो साढे ४ बजे भद्रपुर-४ आमडाँगीस्थित इलाम टि-प्रोड्युसर प्रालिको निर्माणाधीन भवन देखि अन्दाजी ३०० मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए। उनी सोही टि-प्रोड्युसरको निर्माणाधीन भवनमा कामदारको रूपमा काम गर्दै आइरहेका थिए ।

प्रतिक्रिया