अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडाैंमा


काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौँ आइपुगेका छन् ।

दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू आज (बिहीबार) अपराह्न काठमाडौं आइपुगेका हुन् ।

नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

प्रतिक्रिया