कर्णालीका नेतालाई प्रधानमन्त्रीले यसरी सम्झाए, अध्यक्षद्वयले गरेका थिए हस्तक्षेप


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले दिएको सुझावअनुसार समस्या समाधानमा लाग्न कर्णाली प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् ।

नेकपा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा पार्टीभित्र विवाद थियो । जहाँ अध्यक्षद्वयले हस्तक्षेप गरेका थिए ।

प्रधानमन्त्रीले शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंगो लगाउने बताउँदै भने,‘हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउनेछौं ।’

प्रचण्डले बिहीबार र शुक्रबार दुई पक्षका नेताहरुलाई बोलाएर कुरा सुनेका थिए । बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही,  नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई आफ्नो विचार सुनाएका थिए ।

प्रतिक्रिया