

खोलाले बगाउँदा जनप्रतिनिधिको मृत्यु

काठमाडौँ- खोलाले बगाउँदा नुवाकोटमा एक जनाको ज्यान गएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको हो।
मंगलबार साँझ ५५ वर्षीया सुकुमई तामाङको बेलकोटखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए।
खोलाले बगाएकी तामाङको खोजी गर्दा उनी बगाएको स्थानभन्दा एक किलोमिटर तल रैकरेचौतिस भन्ने स्थानमा मृत फेला परेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ। उनी वडा नम्बर १२ की एमालेबाट निर्वाचित महिला सदस्यसमेत हुन्।

