घाँटीको सिक्रि लुटेर भाग्दै गरेका युवक कलंकीबाट पक्राउ


काठमाडौं – राजधानीको कलंकीबाट महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काको नेतृत्वको टोलीले एक महिलाको डेढ तोलाको सुनको सिक्री लुटेर भाग्ने एक युवकलाई पक्राउ गरेको हो।

खड्काका अनुसार चितवनकी मिरा रानाभाट कलंकीमा हिड्दै गर्दा उनले लगाएको सुनको सिक्री लुटेराले तानेर फरार भएका थिए।

कंलकी प्रहरीलाई महिलाको सुनको सिक्री लुटपाट भयो भने सूचना प्राप्त हुनासाथ केही घण्टामै प्रहरीले सुनको सिक्री लुटेर भाग्दै गरेका सिन्धुपाल्चोक सुनकोशी घर भएका सुभाष तामाङलाई पक्राउ गरेको हो।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाइएको कलंकी प्रहरीले जनाएको छ।

प्रतिक्रिया