प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दाको सुनुवाइ सुरू


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामाथि संवैधानिक इजलासमा पुनः सुनुवाइ सुरु भएको छ । आइतबार रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । उनीहरुले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्ने भन्दै समय माग गरेका छन् ।

यसअघि वृहत पूर्णइजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो । तर, सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गररेपछि त्यसविरुद्ध एक दर्जन बढी रिट सर्वोच्चमा दायर भएका छन् ।

प्रतिक्रिया