भिरबाट लडेर खाेलामा खसेका २ जनाकाे मृत्यु


सिन्धुपाल्चाके – इन्द्रावती खोलाले बगाएर सिन्धुपाल्चाेकमा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका १२ र इन्द्रावती गाउँपालिका ५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएको हाे ।

ज्यान गुमाउनेमा मेलम्ची ११ का बिश्नुप्रसाद चालिसेका ५ वर्षका छोरा विशेष र चौतारा साँगाचाेकगढी नगरपालिका ७ सानोसिरुवारीकी (मृतक बच्चाका ठूलीआमा) ५५ वर्षकी गोमा धिताल रहेका इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटीनीले जानकारी दिए ।

माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिरबाट लडेर दुवै जनालाई इन्द्रावती खोलाले बगाएको अनुमान गरिएको छ । झोलुङ्गे पुलबाट आउने साँघुरो बाटोबाट आउने क्रममा उनीहरू खसेका हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया