वैशाखमा हुने निर्वाचनबारे छलफल गर्न आयोगले राजनीतिक दललाई बोलायो


काठमाडौं – निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्ने भएको छ । आयोगले आइतबार निर्वाचनबारे छलफल गर्न सबै दलका प्रतिनिधिहरूलाई कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी वैशाखमा हुने निर्वाचनका विषयमा दलहरूसँग छलफल गर्न लागिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

संसद विघटन गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । त्यस्तै नेपाली कांग्रेस लगायतका अन्य राजनीतिक दलहरूले पनि विरोध गरिरहेका छन् । कोरोना संक्रमणको महामारीको बेला निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया