

घट्यो सुनको मुल्य, यस्तो छ आजको भाउ

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाले ओरालो लागे लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७०० रुपैयाले घटेको छ । ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा ९१ हजार ३०० मा कारोवार भएको छ ।
यस्तै चाँदी तोलामा रु ३० रुपँैयाले घटेको छ । एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।

