उपत्यकाका विद्यालय आजबाट भौतिक उपस्थितिमै खुले


काठमाडौँ – विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण बन्द भएको काठमाडौँ उपत्यकाका विद्यालय आजबाट खुलेका छन् । स्वास्थ्य मापदण्ड अपनाई १० महिनापछि आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमै विध्यालय सञ्चालनमा आएको हो ।

स्थानीय तहले मापदण्ड अपनाई विध्यालय खोल्न अनुमति दिएपछि विद्यालय सञ्चालनमा आएका हुन् ।

उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लाका केही विद्यालयले भने असारपछि नै विद्यालय खोले पनि कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बन्द गरेका थिए । सरकारले अनलाइन वा वैकल्पिक माध्यमबाट पढाउन र उक्त माध्यमबाट पढाएको कुरालाई मान्यता दिन असारमा नै निर्देशिका जारी गरेको थियो ।

काठमाडौँ महानगरपालिकाबाहेक अन्तका अधिकांश विद्यालयलाई कोरोना सेन्टर र आइसोलेसन र क्वारेन्टिन भवन बनाइएपछि विद्यालय शिक्षा झनै अलपत्र परेको थियो ।

काठमाडौं उपत्यकाको हकमा भने कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकाले वैकल्पिक माध्यमा पढाउन नसकिएको ठाउँमा कतै विद्यालय आलोपालो गरी खुलिरहेका थिए भने अधिकांश विद्यालय बन्द नै थिए ।

कक्षा ११, १२ र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन अध्यापन गरिने विद्यालय क्याम्पस भने पुष १ देखि नै अघोषितरुपमा खुलिसकेका थिए ।

प्रतिक्रिया