७ बोरा गाँजासहित सुनसरीबाट एक पक्राउ


सुनसरी – प्रहरीले सुनसरीबाट गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

धनकुटाका सहिदभूमि गाउँपालिका-२ का २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

कार्यालयका अनुसार प्रहरीले राईलाई गाँजासहित पूर्व–पश्चिम राजमार्गको इनरुवाबाट नियन्त्रणमा लिएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२६ नम्बरको पिकअपलाई शंका लागि चेकजाँच गरिएको थियो। चेकजाँच गर्ने क्रममा ७ वटा बोरामा २०८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया