देशभर थप ३४७ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ३४७ जना कोरोना संक्रमित  थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३ हजार ८८८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएका हुन् ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ९५ जना कोरोनामुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर  ७८ हजार २ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया