सुन्दरीजलमा चिप्लिएर हराएका किशोर मृतावस्थामा फेला


काठमाडौं – शनिबार सुन्दरीजलस्थित खोलामा खसेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्।

खोलामा खसेर बेपत्ता भएका किशोरको शव आइतबार दिउँसो फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

काठमाडौंको कपनका १६ वर्षीय शुभम श्री प्रधानको शव फेला परेको हो।

७ जना साथीसहित सुन्दरीजल पुगेका प्रधान शनिबार अपरान्ह सवा ४ बजेतिर ढुंगामा बसेर फोटो खिचाउने क्रममा चिप्लिएर खोलामा खसेका थिए।

खसेको ठाउँतिरै ढुंगाहरू बीचमा च्यापिएको अवस्थामा फेला परेको हो,’ उनले भने,‘अहिले निकाल्ने काम भइरहेको छ।’

प्रधान खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए। प्रधानलाई खोज्‍न प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेको टोली खटिएको थियो।

यस्तै प्रहरीको सामाखुसीस्थित विपद व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारको लागि खटिएको थियो।

प्रतिक्रिया