

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

चितवन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा शनिबार बिहान ८ः१० बजेमाथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।

