

अमेरिकाले युक्रेनलाई गर्यो थप २७० मिलियन डलर सहयोग

प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ।
रुस—युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले भने, ‘रसियाले देशभर घातक हमलाहरू सुरु गरेको छ । सपिङ मल, अपार्टमेन्ट भवनहरूमा आक्रमण गरी निर्दोष युक्रेनी नागरिकहरूको हत्या गरेको छ । ’अमेरिकाले युक्रेन सरकार र त्यहाँका जनतालाई सहयोग जारी राख्ने जनाएको छ ।

